Stories

  • krista medicalmould
    Posted May 21
    Vaginal Speculum are tubular devices used to stretch the vagina. They are usually made of plastic and come with kits of various sizes. You can get the kit at the clinic or you can buy it yourself. The kit includes expanders of different sizes. It is recommended that you use expanders made of hard plastic instead of softer ones made of silicone.





    After menopause, your vagina becomes dry, elasticity decreases (elasticity), narrows and shortens. For women who have received cancer treatment or have surgery to reduce the risk of cancer, this process may occur faster.



    To help you make these changes, you can use a Vaginal Speculumand start Vaginal Speculumtherapy. You will start the Vaginal Speculumtreatment with the smallest dilator in the kit, and then gradually increase the size of the dilator over time to make you feel more comfortable.







    Vaginal Speculum therapy

    You can perform Vaginal Speculumtreatment as needed. The time you need to perform Vaginal Speculumtreatment depends on many factors. You can discuss the length of time that is right for you with your health care provider.



    Vaginal Speculum therapy will help prevent the vagina from becoming narrow. It can also help maintain vaginal elasticity.



    Vaginal Speculum therapy will help:



    Your health care provider will perform a complete pelvic examination (when a doctor or nurse examines your vulva and internal reproductive organs).

    Make pelvic examination more comfortable.

    Reduce sexual discomfort



    Yuhuan Shengjiu Mould Co., Ltd. is a professional China manufacturer and supplier of Vaginal Speculum Mould and Laboratory Plastic Ware Mould . And provide customers with a complete mould configuration program to help and improve the production of disposable medical equipment. According to the requirements of the market and customers, Shengjiu has developed a new type of medical mould with a full hot runner system, and developed a variety of new scientific medical equipment for customers. Welcome to consult and order: https://www.medicalmould.net/product/gynecology-mould/





    — Vaginal Speculum Mould
    1 0 1 Success Read More
  • Basanta Tamang
    Posted May 20

    “हेर, एक दिन म यो सो कल्ड डि फर् धर्तिलाई डि फर् धुँलो र डि फर् धुँवा दिएर जान्छु ।” दियर विल बि “डस्ट ईन दि विन्ड’’

    “अरे यो त कन्सासको गीत हो।”

    “होईन यो मेरो गीत हो। यो तिम्रो गीत हो । इट रियल्ली ईज अ सङ फर् म्यान काईन्ड । अल् वि आर ईज डस्ट ईन दि विन्ड”

    “तिमी मानव अस्तित्वलाईनै पुनः परिभाषित गर्न चाहन्छौ ?”

    “नो ईच् डिस्टिङ्क्ट ह्युमन ईक्जिस्टन्स् ईटसेल्फ ईज अ डिफिनेशन। हामी अस्तित्वको बिरोधाभाषमा अल्झिएका शब्द हौ। वि जस्ट ड्वेल अराउन्ड कन्ट्राडिक्सन अफ् ईक्जिस्टन्स्। हामीले पानीलाई आफ्नो अस्तित्व प्रमाणित गर्न रङको सिफारिस माग्यौ। बिचरा उ माथि सेता लोला बनेर तैरिराको छ । यु रुथलेस् रेसिस्ट्स। ओह् आई गट थ्रस्टी।” ऊ एक खिल्ली सिग्रेट आफ्ना स्लाईट्ली डढेका ओठमा अडाँऊछ।

    “तर तिमी त तिर्खाएका छौ हैन ?”

    “हो”

    “अनि सिग्रेट किन?”

    “आई ह्याभ अ थ्रस्ट फर स्मोक्स्। आई जस्ट वान्ट टु ईनहेल दि ऐसेन्स अफ् थ्रस्ट। स्मोक अन् दि वाटर दि फायर ईन दि स्काई” नरम कङक्रिट धुँवा कुनै आर्टिस्टको ब्रसझैँ उस्का ओँठबाट छुट्छन् अनि हावामा सल्बलाऊछन्।

    “यो त डिप पर्पलको गीत हैन?”

    “हैन यो गोलीको गीत हो। आगोको गित हो। धुँवाको गित हो। ईन्डिड ईट ईज अ ट्रु स्टोरी। अ सर्रियल न्यारेसन ।”

    “सत्य कथा?”

    “अ!, अ ट्रु स्टोरी”

    “कथाहरु कसरी सत्य बन्छन्?”

    “जसरी झुटा वकालतहरु न्याय बन्छन्।”

    “मतलब ?”

    “ईट डिपेन्ड अपन हाऊ यु न्यारेट। पिपुल आर सो अबसेस्ट विथ् न्यारेसन। एऊटै घटनाको हजारौँ कथा बनाऊन सकिन्छ। ईट्स अल अबाऊट म्यानुपुलेसन्।”

    “के तेसो भए कथाहरु घटनाभन्दा न्यारेसनले सत्य बन्छन्?”

    “दि एन्सर ईज ब्लोईङ ईन दि विन्ड”

    “यो त बब डिलनको गीत हो।”

    “हैन यो अन्तर्ग्यानको गीत हो। आत्म मुल्याङ्कको गीत हो।”

    “तिम्रो ईन्टुएसनले के भन्छ?”

    “अब ढिला भयो भन्छ। यो कुन महिना हो?”

    “सेप्टेम्बर फस्ट्”

    “यो माहिना मेरो निदाऊने महिना हो। माई आईज आर ड्राउजी एण्ड माई ड्रिम्स् आर अल्ररेडी डोजिङ अफ्। आई थिङ्क माई ड्रिम्स आर ईक्ज्वस्टेड।”

    “सपनाहरु पनि थाक्छन् र?”

    “किन थाक्दैनन्? सबै ईच्छा, रहर, आकाङछ्याको भार बोक्ने मजदुरनै सपना हो। तिमी सपना थप्दै जान्छौ, ऊ थिचिदै जान्छ। तेसैले कहिले काहि म मेरा केहि रहर र ईच्छाहरु सपनाको वेरहाउसबाट चुपचाप निकालिदिन्छु। आई थिङ्क् माई ड्रिम्स् निड अ रेस्ट। वेक मि अप् व्हेन सेप्टेम्बर ईन्ड्स्”

    “यो त ग्रीन डे को गीत हैन ?”

    “हैन यो शोकको गीत हो। पिडाको गीत हो। आँशुको गीत हो। ईट ईज अ सङ फर् आइसोलेटिङ योरसेल्फ फ्रम रियालिटी। वेक् मि अप् व्हेन सेप्टेम्बर ईन्ड्स्।”

    6 4 27 Life Read More
  • Anish Chitrakar
    Posted May 2
    मलाई केहि काम बिशेष ले काठमाडौँ जानु पर्ने भयो । बिहान को करिब दश बजे म बुटवल बसपार्क पुगे । उतिसारो घुंइचो नभएपनि भिड बाक्लै थियो .सबै आ -आफ्ना गन्तब्य भेट्न आतुर देखिन्थे । बस आउने , जाने क्रम पनि निरन्तर चल्दै थियो । म सरासर टिकट लिन काउन्टर तिर पुगे । ११ बजेको टिकट लिएर बस भए तिर जादै थिए , लौ मेरो गाडी हो आउनुस भन्दै गाडी स्टाफ ले बस देखाई दिए ।आफ्नो सिट पहिचान गरेर मा बस भित्र बसे । बिस्तारै खाली सिटहरु भरिभराउ भयो । कोहि पानी पानी,कोहि बदाम बदाम भन्दै आउदै जादै गर्दै थिए । मेरो सिट छेउमै पनि एक यात्रु आइपुगे । ए मेरो सिट पनि यहिँ रैछ उनले आफ्नो हातको टिकट हेरेपछी पक्का गर्दै भने । मैले अलिकति सरेर उनको लागि ठाउ खाली गरिदिए । हेर्दा पढेलेखेका ,सुकिलामुकिला ,खाइलाग्दा ज्यान का उनि ढाका टोपी मिलाउदै सिट मा विराजमान भए .

    केहि छिनमा एक जना पण्डित हरि ओम हरि हरि ओम भन्दै बस भित्र छिरे । “ लौ मैले सिद्ध बाबा बोकेर आएको छु , तपाइको यात्रा शुभ होस् ” सबै तिर नजर घुमाउदै उनले भने । हातको सानो थालि मा रातो अबिरको टिका र केहि फुलहरु थिए । उही हरिओम को मन्त्र फलाक्दै बस भित्र काम यात्रु लाइ टिका लगाई दिन थाले । मेरो छेउका भलादमी शिरको टोपी अलि माथि सार्दै टिका लाए अनि गोजी बाट बीस रुपियाको नोट निकालेर पण्डित को हातमा राखी दिए । पण्डित लागे फेरी अर्को गाडी तिर । फेरी गाडी मा छिरे एक जना गन्धर्व । उनको हातमा थियो सारंगी । सारंगी लाइ कोखिलामा च्यापेर शिर झुकाएर नमस्ते गरे । सारंगी को धुन संगै गितको सुरुवात गरे । एकैछिन बस भित्र सांगीतिक माहोल छायो । मेरो छेउका भलादमी पनि चाख मानेर गित सुन्दै थिए । केहि मिनेट को गित सकिएपछी गन्धर्बले सहयोगको याचाना गरे । “हजुर केहि सहयोग गर्नुस ।” यो सुनेर मेरो छेउका भलादमी को मुखाकृती फेरियो। उनले अगाडी उभिएका गन्धर्बलाइ सुझाउदै भने “ हेर यसरि मागेर खानु राम्रो होइन , यस्तो जवान मान्छे ले त मिहिनेत गरेर,आफ्नो हात पाखुरा बजारेर खानु पर्छ ।” “तेरो अरु केहि काम छैन .मगन्तेको जात ?” ‘उनले जात लाइ दोष दिन भ्याइसके .मत अलमल परे होइन यो मगन्ते को परिभाषा केहो ? मात्र रातो टिका निधारमा लगाइदिएबापत पैसा लिने ति पण्डित मगन्ते नहुने ,अनि आफ्नो सारंगी को धुनमा कला र गला प्रस्तुत गर्ने ति गन्धर्ब मगन्ते हुने ? उनले यसरि गित गाउदै हिड्दा मिहिनेत गर्नु पर्दैन होला र ? आखिर को हो मगन्ते मैले बुझ्न सकिन ?

    — http://inepal.org/nepalistories/2020/04/13/krishna-pariyar-pratibimba-magante-ko/
    1 0 16 Equailty Read More
  • tyler.cosmetize
    Posted Apr 13
    Protecting the skin from harmful sunrays is something that everyone wants to do. However, there are many options available, including using tanning lotions, sunscreen and even false eyelashes. How do you go about finding the best ways to protect your skin?

    https://www.cosmetize.com/product/palmer-s-cocoa-butter-natural-bronze-gradual-tanner-2/8e074f9f-8bb8-4575-ae03-266fc3904091


    The first thing you should do is find out what skin type you have. That way you can select the right kind of lotion and cream for your particular skin. Here's a simple list of common skin types and some useful tips on how to protect your skin naturally.

    Dry skin: This is commonly found in people who frequently get watery eyes, dry skin around the cheeks and around the mouth, and fine lines. The most common cause of dry skin is having a lack of oil or lack of exposure to the sun. This problem usually only gets worse as we age.

    Oily skin: The reason for oily skin is that it often gets heavier due to your body reacting with a lack of exercise. Excessive exposure to the sun also contributes to oily skin. It can lead to acne, blackheads and other breakouts.

    Normally, it is not necessary to use harsh chemicals to maintain healthy skin. Since so many harmful chemicals are available in beauty products, it is always a good idea to use natural ones instead. You should know that the skin is an organ and is directly linked to the rest of your internal organs.

    Use proper moisturizing to keep your skin moisturized. To do this, apply vitamin E oil or jojoba oil to your skin as soon as you wake up in the morning. Then, apply a moisturizer again after lunch or dinner. The next time you go to bed, you should only apply moisturizer.Don't drink alcohol or coffee. These have been known to dry out the skin and allow it to absorb harmful ingredients. Instead, use water or natural fruit juices to hydrate the skin.

    You should also protect your skin from free radicals. Free radicals are molecules that will change the structure of your skin in order to make it more healthy. For this reason, they need to be cleaned up by the immune system.

    To remove excess oils from your skin, take a deep bath once a week. Start with just a small amount of water. You can add some sea salt if you want a more potent effect.

    When you take a shower, always exfoliate. This will rid your skin of dead skin cells, allowing the skin to produce more natural oils that will protect it.

    There are many other methods of how to protect skin naturally. Some of them involve taking baths, eating natural food and avoiding chemicals in your daily life. Doing so will not only help your skin look better, but will also give you healthier, longer lives.

    Natural skin care products are easier to find than they used to be. While you will have to do a little bit of research, the good news is that many online stores sell all kinds of products that will help your skin.
    — https://www.cosmetize.com/product/palmer-s-cocoa-butter-natural-bronze-gradual-tanner-2/8e074f9f-8bb8-4575-ae03-266fc3904091
    0 0 46 Health Read More
  • Karuna Gurung
    Posted Apr 11


    सोलुखुम्बुबाट कैलाली जान हिँडेका मजदुरहरू गत सोमबार राति सिनामंगलमा हिँड्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

    सोमबार साँझ साढे सात बजे।
    काँध र टाउकोमा बोराका भारी बोकेका एक हुल मान्छे कोटेश्वरको बाटो हिँड्दै थिए।
    एक जना युवक सुस्केरा हाल्दै औषधि पसलअगाडि थुचुक्क बसे, 'अझै कति हिँड्नुपर्ने हो? आज यतै कतै बसम् न, साह्रै भोक लाग्यो।'
    उनले कडकडी दुखिरहेका आफ्ना गोडा छामे। आफ्नै हातले छुँदा पनि चिरिक्क दुखाइ आधा मरेझैं भयो।
    मुन्टो बटारेर औषधि पसलतिर हेरे। यस्तो बेला त लम्पसार परेर दुखाइ मार्ने स्प्रे फिरफिर छर्न पाए पो! भर्खर १९ वर्ष लागेका आदित्य खत्रीको मनमा यस्तै तर्कना आएको हुँदो हो!
    आदित्यको कुरा सुनेर अरू पनि एक-एक गर्दै पेटीमै खुइय्य गर्न थाले। काँध र टाउकोका भारी बिसाए।
    उनीहरू १५ जना थिए। एकैठाउँ डल्लो परेर केहीबेर छलफल गरे- अब कहाँ जाने?
    केही छिनमा गन्तव्य निधो भयो- आजको रात पशुपतिको आँगनमा बिताउँ।
    टोलीमध्ये एक वयस्क जुरुक्क उठे। बोरा काँधमा हाले र सुमसुम अघि बढे। अरू सबै कमिलाको ताँतीजस्तै सिनामंगल, त्रिभुवन विमानस्थल हुँदै पशुपतितिर लम्के।

    आदित्य खत्री र साथीहरू कोटेश्वरको सडकपेटीमा बस्दै।
    काठमाडौंको चकमन्न चिर्दै हिँडेका उनीहरूको पछि-पछि लागेँ म पनि। मनमा प्रश्न थियो- देशै लकडाउन भएका बेला यी १५ जना कहाँबाट कहाँ पुग्न हिँडेका होलान्?
    टोलीलाई पशुपतिको बाटो डोर्‍याउने नेता रहेछन्, ३६ वर्षीय आशाराम चौधरी।
    उनै आशारामले टोलीको यात्राकथा सुनाए, 'हामी चैत २० देखि हिँडिरहेका छौं।'
    उनीहरू सोलुखुम्बु लिखुपिके गाउँपालिकाबाट आएका रहेछन्। सबै जना त्यहाँको मार्भुदोभान हाइड्रोपावर कम्पनीमा काम गर्थे। लकडाउनसँगै काम रोकियो। कोरोना भाइरसको त्रास र बन्दले टिक्न मुश्किल भयो।

    'के खाने-के गर्ने, अत्यास लाग्न थाल्यो,' आशारामले भने, 'घरपरिवारको यादले पनि सताउन थाल्यो।'
    घर जाने हुटहुटी त चल्यो, जाने पो कसरी?
    सबैले भनेछन्- हिँडेरै जाऔं, सोलुखुम्बुदेखि काठमाडौं। काठमाडौंबाट कैलाली।
    कैलाली, बेलारका आशाराम पैसा कमाउने सपना बोकेर सोलुखुम्बु पुगेका थिए। घरमा श्रीमती र दुई छोरा छन्- ११ र ५ वर्षका।
    'गाउँका एक साथीले हाइड्रोपावरमा पैसा धेरै कमाइन्छ भने। उसैको कुरा सुनेर पहिलोपटक काठमाडौं आएँ र सिधै गाडी चढेर सोलुखुम्बु गएँ,' आशारामले सिनामंगल उकालो हिँड्दै गर्दा गत पुसको आफ्नो गाडीयात्रा सुनाए।
    उनको योजना थियो, जेठसम्म काम गर्ने। तर आएको तीन महिना नहुँदै यसरी फर्किनुपर्‍यो।
    यो पनि:
    बेजोडी चप्पल लगाएर काठमाडौंबाट घर हिँडेका पाइलाहरू (फोटो फिचर)
    आशारामको मात्र होइन, घरमा एक्ला र रोजगार नभएका बुबा छाडेर आएका सुमन चौधरीको पनि सपना टुटेको छ। २१ वर्षीय सुमन सोलुखुम्बु गएको दुई महिना मात्र भएको थियो। पहिले भारतमा प्लाइ बोक्ने काम गर्थे।
    'विदेश बस्नु आफ्नो देशमा बसेजस्तो कहाँ हुन्छ र,' सुमनले भने, 'यहाँ दाइहरू काम गर्न जाँदै हुनुहुँदो रहेछ। उहाँहरूकै पछि लागेर आएँ। आफ्नै देशमा काम भयो भनेर खुसी थिएँ। पैसा कमाएपछि राम्रो खालको क्यामरा भएको फोन किन्ने मन थियो, त्यस्तै २०/२५ हजारको। तर भएन।'
    सुमन पनि पहिलोपटक काठमाडौं आएका हुन्। उनलाई काठमाडौं यात्रा फापेनजस्तो लागेको छ। भने, 'अब फर्केर आउँदिनँ।'
    उनीसँगै हिँडिरहेका आकाश चौधरी झनै निरश देखिन्थे। हिँड्दा-हिँड्दा उनका खुट्टा सुन्निएछन्।
    २४ वर्षीय आकाश कैलालीबाट सोलुखुम्बु गएर काम थालेको दुई दिन मात्र भएको थियो। ठूलो परिवारका लागि हातमुख जोर्न हिँडेका थिए। घरबाट आउँदा कम्पनीले पठाइदिएको गाडी भाडा मात्र थियो। अहिले त्यो पनि छैन।
    'मेरो परिवारमा खाने मुख धेरै छ। काम नगरी खान पाइँदैन। अहिले उनीहरू उता अन्योलमा छन्, म यता यो हालतमा,' आकाश भक्कानिन मात्र सकेनन्, 'न उनीहरू भए ठाउँ पुग्न सक्छु। न उनीहरू मकहाँ आइपुग्छन्।'

    आशाराम चौधरी।

    आकाश चौधरी
    दिमाग, मन, शरीर- केहीलाई सुख छैन। कसरी जाने, के खाने थाहा छैन, त्यसमाथि घरपरिवारको सम्झना, दुखेका हातगोडा।
    आशारामलाई लाग्छ, कोरोना र लकडाउनबारे पूर्वसूचना पाएको भए पहिल्यै गाडीमै घर जान्थे उनीहरू।
    'कोरोना लागिरहेको छ अरे भन्ने सुनिएको थियो। तर हामी मजदुरहरूलाई के थाहा, कोरोना कुन चरीको नाम हो। काम गर्ने ठाउँको हाकिमले पनि कहिल्यै यो कोरोनाको कुरा निकालेनन्। एक्कैचोटि सबै काम बन्द गर्न भनेपछि पो थाहा भयो।'
    'परिवारसँग उसै त छुट्टिएर बस्नु परिरहेको थियो। झन् यस्तो समस्या बेला एक बात गर्न पनि सकिरहेको छैन,' मलीन सुनिए उनी। श्रीमती र छोराको यादले झस्कायो क्यार!
    उनका अनुसार चैत १० बाट हाइड्रोपावरको काम बन्द भयो। दैनिक ज्यालादारी ६ सय रूपैयाँ र रासनको ५-६ हजार पाउँथे। महिनामा २४-२५ दिन मात्र काम हुनाले २०-२२ हजार आउँथ्यो। बस्न कम्पनीले सानो कोठा दिएको थियो, खाना आफ्नै खर्चमा।
    यसरी महिनाको दस हजार बचाउन उनीहरू कैलालीबाट सोलु पुगेका हुन्। त्यही पैसा पनि लकडाउनमै सकिने देखियो।
    'सोलुमा एक प्याकेट चाउचाउको ३०-४० रूपैयाँ पर्छ,' उनले सुनाए, 'बिनाकाम त्यहीँ बसौं भने त्यो खर्चमा कति दिन सकिन्छ र। बरू ज्यान रहे फेरि कमाइएला भन्दै हिँडियो।'
    सुरूमा एक साता त हो भन्दै बसेका थिए। लकडाउन थपिने भनेपछि आत्तिए।
    'कम्पनीका बडा हुन् कि गाउँपालिकाका, नचिनेका मान्छे आएर 'हामी तपाईंहरूलाई १८ गते जसरी पनि घर पठाइदिन्छौं, तपाईंहरूको नाम-ठेगाना लेखेर पठाउनू' भन्नुभयो,' आशारामले आशाको त्यो समय सुनाए।
    उनीहरूले आफ्नो नाम लेखेर पठाए। कुनै खबर आएन। १९ गते उनीहरू आश्वासन दिने ती मान्छे भेट्न गए। तर आशा र आश्वासन दुवै त्यहीँ सेलाए। उनीहरूको नाम नै आइपुगेको छैन भनिदिए 'बडा' मान्छेहरूले।
    'सिडिओको पास मिलेन, पठाउन सक्दैनौं भनेपछि हामीले के भन्नु र,' उनले भने।
    आशारामलाई याद छ, उनको मुटु अमिलो भएको थियो त्यो बेला। साथीहरूको पनि। त्यहाँबाट निराश भएर उनीहरूले प्रहरीकहाँ बिलौना सुनाए।
    'प्रहरी जवानले 'तपाईंहरू यहाँ भिडभाड नगर्दिनुस्' भनेर थर्काउनुभयो। 'दिनकै कति मान्छे गइरहेका छन्, तपाईंहरू पनि हिँडेर जानुस्' भन्नुभयो।'
    उनीहरूसँग विकल्प थिएन। सोचे- यहाँ कोरोना देखिएको त छैन। एक जनामा मात्र देखियो भने सबै मर्छौं। बरू घरमै मरूँला। यसरी नै बसिरहने हो भने अलिअलि भएको पैसा सकिन्छ। घर फर्किने कुनै उपाय रहँदैन।
    हिँडेरै जाने निधो भयो। बाटामा प्रहरीको सोधपुछ, मान्छेका जिज्ञासाले अप्ठ्यारो पार्ला भन्ने पनि भेउ पाए।
    यी झमेला सुल्झाउन सहज होस् भनेर प्रहरीलाई नै एउटा पत्र बनाइदिन आग्रह गरेछन्। तर प्रहरीले 'केही हुँदैन, जानुस्' भन्दिए।
    प्रहरीले नै 'केही हुँदैन' भनेपछि आँट थपियो।
    चैत २० गते। साँझ परेपछि सबैले आ-आफ्ना पोका बाँधे। केही भाँडाकुँडा, अलिकति दाल-चामल, नुन, चिउरा, भुजिया लगायत खानेकुरा बोरामा हाले। अनि रातको २ बजे हिँडे काठमाडौं यात्रामा।
    बाटामा सोलुखुम्बुका प्रहरीले भनेजस्तो सहज भएन। थुप्रै ठाउँमा उनीहरूलाई केरकार गरियो। उनीहरू सबैको एकै जवाफ थियो- घर हिँडेको।
    प्रहरीले जेल हालिदिऊँ भन्ने शैलीमा 'क्वारेन्टाइन राखिदिऊँ' पनि भनेछन्। तर सबैलाई एकै ठाउँ राख्न नसक्ने भएपछि छोडिदिएका आशारामले बताए।
    डर सोधपुछको मात्र थिएन। कहिल्यै नहिँडेको बाटो, कहिल्यै नपुगेको ठाउँ, कहिल्यै नदेखेका मान्छे। १५ जना भए पनि उनीहरूको मनमा डर थियो।
    'हाम्रा लागि सबै बाटा नयाँ थिए। जाँदा गाडीमा गइयो। हिँडेर फर्किनुपर्ला भन्ने सोचेकै थिएनौं,' ५० वर्षीय जगतराम चौधरीले सुनाए।

    काठमाडौंका सडकमा हिँड्दै

    जगतराम चौधरी
    बाटो थाहा नहुँदा धेरै सास्ती खेपेछन्। कुन बाटो कता जान्छ, जान्छ। कुनै लामो बाटो देखियो भने टोलीका एक जनालाई हेर्न पठाउँथे। उसले हेरेर जान सकिने खबर दिए मात्र अरू हिँड्थे। जंगलमा कसलाई सोध्नू!
    गाउँघर गएर सोध्ने आँट हुन्थेन। नजिक जाँदा के भन्ने हुन् भन्ने डर। एकाध सहयोगी मनकाले भने बाटो बताइदिन्थे। कोहीले लेखेर पनि छोटो बाटो देखाइदिए।
    छोटा बाटा खोज्दै हिँडेका उनीहरूका लामा पाइला बिहान ११ बजेतिर रोकिन्थे। कहिले जंगल त कहिले सडक किनारमा। कोही दाउरा खोजेर ल्याउँथे। कोही खोल्सा र नदीबाट पानी उघाउँथे। कोही बोराबाट सामान निकाल्थे। एउटा डेक्चीमा दाल-चामल एकै ठाउँ हालेर खिचडी पकाउँथे। कुनै दिन चिउराकै मात्र भर गरे।
    साँझ परेपछि बास खोज्ने सास्ती हुन्थ्यो। जंगलका ओडार, खोला किनार नै घर बन्थे। आफ्नो घर पुग्ने रनाहा भएकाहरूको यात्रामा सायद यस्ता जोखिम 'घर' मा बस्न डर हुन्न!
    'पहिलो, दोश्रो र तेश्रो दिन कुन-कुन ठाउँ बास बस्यौं, हामीलाई थाहा छैन। पहिलो दिन जंगलमा, दोश्रो दिन खोला किनार र तेस्रो दिन सडकछेउ सुतेको याद छ,' आशारामले भने।
    बाटामा गाउँ आइपुग्दा बास पाइएला कि भन्ने आश उनीहरू राख्थे। तर कोरोना डरले घेरिएको लक्ष्मणरेखा पार गरेर उनीहरूलाई बास दिने आँट कसैले गरेनन्।
    'हामी त परदेशी भइहालिम् नि,' आफ्नै देशको अर्को कुना पुगेका आशारामले भने, 'गाउँतिर त जानै भएन। लखेट्लान् भनेर बरू हामी मान्छेभन्दा परै बस्यौं। '
    आशाराम र उनका साथीलाई पनि कोरोनाको डर कम्ता छैन। उनीहरूले सार्वजनिक गाडी पाए पनि हिँडेरै जानू ठीक मानेका थिए। गाडीको भिडमा कोचिनु, कोरोनाकै बिँड समात्नू!
    फेरि उनीहरूसँग एक-दुई हजार रूपैयाँ मात्र थियो। यसले सोलुखुम्बुदेखि कैलालीसम्म भाडा पनि धानिन्थेन।
    हरेक दिन उनीहरूको घरपरिवारसँग कुरा हुन्थ्यो। आशाराम मोबाइलको चार्ज जोगाउन अरू बेला फोन अफ गर्थे। बिहान एकपटक फोन गर्दा प्रश्नहरू ओइरिन्थे, 'खाना खायौ, कहाँ पुग्यौ, दुःख त पाएनौ नि?'
    सबैका घरबाट यस्तै प्रश्न आउँथे, जसको जवाफ उनीहरू सही दिन्थेनन्। कुन ठाउँ पुगियो भन्दा रहेनछन्। उनीहरूलाई नै थाहा थिएन। आफूहरूको बेचैनी जति भए पनि घरकालाई सान्त्वना दिएरै बसे, 'टेन्सन नगर। हामी आउँदैछौं। भोलि या पर्सि काठमाडौं पुग्छम्।'
    'आफूले त दुःख पाइयो, घरपरिवारलाई किन चिन्ता दिनू भनेर नि,' आशारामले भने, 'जंगलमा सुते पनि, बाटामा सुते पनि, केही भन्थेनौं। गाउँलेले गोठमा सुत्न दिएका छन्। राम्ररी सुतेका छौं, खान दिएका छन् भन्थिम्।'
    यी सबै फोनमा भन्ने कुरा मात्रै थिए। बाटामा त कोहीले उनीहरूलाई तर्साउँथे, 'काठमाडौंमा त प्रहरीले लठ्ठीले हानेर खेद्छ।'
    कसैले सान्त्वना पनि दिन्थे, 'जानू, जानू केही हुँदैन।'
    कोही भने मनकारी हुन्थे। हिँडेको चौथो दिन नेपालथोक आइपुगेपछि उनीहरूले एक सहयोगी महिला भेटे। उनले स्थानीय प्रहरीसँग कुरा गरिदिइन्। उनीहरूलाई बनेपासम्म मालसामान बोकेका गाडीमा लगिदिने भए।
    बनेपाबाट दिउँसो साढे बाह्र बजेबाट हिँडेका उनीहरू साढे सात बजेतिर कोटेश्वर आइपुगेका थिए।
    'हामीमध्ये १२ जना जति पहिलोपटक काठमाडौंमा आइपुगेका छौं। पहिला आउँदा गाडीभित्रबाटै टन्न मान्छे देखिन्थ्यो, अचम्म लागेको थियो। अहिले हिँडेर आउँदा पनि मान्छे नदेख्दा फेरि अचम्म लागिरहेको छ। पशुपतिनाथलाई पहिलोपल्ट देख्दै छौं, केही होला कि,' आशारामले आशा व्यक्त गरे।
    यात्राभरि पनि उनीहरूलाई काठमाडौं पुगेर कहाँ बस्ने चिन्ता थियो, 'बाटामा प्रहरीले सुत्न दिँदैनन्। यहाँ जंगल छैन। सबै घरैघर छ। घरनजिक बस्न पनि दिन्नन्।'
    साढे आठ बजे पशुपति पुग्दा त्यहाँ बस्न दिइन्छ कि दिइँदैन भन्ने अन्यौल सबैमा देखिन्थ्यो। नयाँ ठाउँमा, कसैले केही भन्लान् भनेर डराएका पनि थिए।
    फेरि पशुपतिमा मान्छे आवागमन नभएपछि बाँदरको प्रभाव बढेको छ। आफ्ना पोका-पन्तुरा बोकेर भगिदिएला भन्ने चिन्ता उत्तिकै। उनीहरूले पशुपतिमा बस्न आँटेनन् र नजिकैको राम मन्दिरतिर हिँडे।
    बोराका भारी, सुन्निएका खुट्टा, थाकेको ज्यान राम मन्दिरका भर्‍याङमा लड्खडाउँदै थिए।
    मन्दिरको फराकिलो आँगन पुगेर थुचुक्क बसेका उनीहरू कोही बोलेनन्। ज्यानमा ताकत नभएर हो वा बोल्ने विषय नभएर!
    शान्त परिसरमा एकछिनपछि एक कुनाबाट आवाज आयो, 'यता दाउरा पाइएला कुन्नि, खाना बनाउने हो कि साथीभाइ हो?'
    अर्काले भने, 'आ, हुन्देऊ, साह्रै थकाइ लागेको छ। कसले खाना बनाइराख्ने। बरू त्यो बोरामा चिउरा छ, त्यही खाऊँ।'
    उनीहरूसँग बचेको अलिकति दाल-चामल, गुन्द्रुक, चिउरा, नुन, चिनी थियो।
    टोलीमा भएका जवानहरू खाना पकाउन पाए हुन्थ्यो भन्दै थिए।

    — https://www.setopati.com/social/203445?fbclid=IwAR3iiTPOMiqIpwMryBTB0JCmgmeEROGp5fUIO1rGNO8f_rdB1X9Vz-sqn80
    0 0 32 Life Read More
  • rabin shrestha
    Posted Apr 8
    उटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '
    सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'
    एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।
    कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।
    ऐनासँगै एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '
    हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।
    एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।
    1 0 50 Read More
  • Karuna Gurung
    Posted Apr 8
    "आमा त्यो को हो?" छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् "त चिन्दिनस्,किन चाहियो तँलाई?"
    तर आज यस्ता उत्तरले मान्नेवाली थिईन प्रभा त्यसैले भनिन् "नचिनेको मानिस हाम्रो घरमा किन आएको त?" बिमलाको अनुहार हेर्नलायकको भएको थियो। उनको मुखाकृति हेर्दा एक किसिमको डर ,त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन्। प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म।


    करिब आधा घण्टा पछि बिमला निस्किन्। अझै पनि प्रभा ढोका बाहिर उस्तै अवस्थामा खडा देखेर बिमला छिटो छिटो आफ्नो कोठातर्फ लागिन् तर आज प्रभाले ज्यान गएनि नछोड्ने अठोट लिएकी थिइन् कि प्राय रातमा आउने गरेका नयाँ नयाँ मानिसहरु को हुन्। भर्खर १४ बर्ष लागेकि प्रभामा एक किसिमको कौतुहलताले आज बलियोसंग डेरा जमाएको थियो ।

    उसले क्रोध आवेगसहित फेरि प्रश्न गरिन् "म आज जसरी भएपनि जान्न चाहन्छु,को हुन् तिनिहरु ? म अब सानो छुईन । मलाई सत्य कुरा भन्नुस आमा" छोरीको यस्तो ढिपी देखेर बिमलाको निधारमा पसिनाका थोपाहरु देखिन थालेको थियो। कति झुट कुराहरुले आज सम्म चलिरहेको थियो तर आज त्यस्ता कुराले प्रभा विश्वस्त नहुने देखेर"चुप लाग ,अलि सानो स्वरले बोल,भाई बहिनी उठलान्" भनिन् बिमलाले।

    प्रभा केहि संयमित भैइन् र उत्तरको प्रतिक्षामा आमाको रातो पिरो भएको अनुहार नियाल्न थालिन् । आफुलाई कुनै कैदिलाई झै परिबन्दमा पारेको देखेर बिमला एक्कासी भक्कानिएर रुन थालिन्। भक्कनिदै उनले बेदनाहरु पोख्न थालिन् "प्रभा मलाई माफ गरिदेउ, म विवश छु । मैले तिम्रो बाबुको देहान्त पछि तिमीहरु लालनपालन,पढाई खर्च धान्न नसकेर देहव्यापार गर्न थालेकी हुँ । म संग अरु कुनै विकल्प थिएन।"

    प्रभा छाँगाबाट खसे जहि भैइन्।उसलाई पुरै ब्रम्हाण्डनै आफुमाथि खनिए जस्तै लाग्न थालेको थियो। कुनै भुत्ते खुकुरीले पटक पटक रेटिएको भान गरिन्। थच्चक्क भुईँमा बसिन् र सुक्कँ सुक्कँगरि रुन थालिन्। "यस्तो काम गर्नु भन्दा हामीलाई मारिदिनुभएको भए हुन्थ्यो नि आमा । किन यस्तो पेशा अंगाल्नु भएको ? अब गाँउलेले थाहा पाए भने हामीले कसरि मुख देखाउने" भनेर बलिन्द्र आशुँको धारा बगाउन थालिन् प्रभाले।

    बिमला भावशुन्य भैइन्। कोठामा एकप्रकारको सन्नाटा छाएको थियो।बाहिर किराहरुको साम्राज्य चलेको ले भित्रसम्म पनि किरहरु कराएको आवाज प्रष्टैसंग सुनिरहेको थियो। केहिछिन पछि प्रभा जुरुक्क उठेर आफ्नो कोठातर्फ लागिन्।जाँदा जाँदै उनले" हामीलाई नपढाएको भए पनि हुन्थ्यो । कमसेकम आज यो दिन आउँदैन थियो।"
    बिमलाले प्रभाको कोठाको ढोका ड्याम्म बन्द भएको सुनिन् । सुक्सुकाउदैँ भारी मन लिएर ओछ्यानमा पल्टिन् बिमला। बिहानको ८ बजिसकेको थियो।बिमला सधैँको झै आफ्नो बिहानको घरधन्दा सकाएर आउँदा पनि प्रभाको कोठाको ढोका नखुलेको देखेर ढोका ढकढक्याउन थालिन्।" स्कुल जाने बेला भैसक्यो किन न उठेकी? प्रभा ए प्रभा" भन्दै ढोकामा हिर्काईन्।

    तर भित्र बाट कुनै प्रतिउत्तर न आएपछि जोड जोडले ढोकामा हान्न थालिन्।मनमा नानाभाँतीको शंकाले बास जमाउन थालेको थियो बिमलाको मनमा। "प्रभा ए प्रभा"ठुलो ठुलो आवाजले बोलाउन थाले पछि उनको चर्को र अत्यासिएको स्वर सुनेर वरिपरिका छिमेकीहरु जम्मा हुन थाले। सबैले प्रभाले यतिखेरसम्म ढोका नखुल्नुको पक्कै पनि कुनै गलत घटना भएको आशंका गरे।

    सबैको सल्लाह बमोजिम ढोका फुटाए। उफ्; रातो सलले आफ्नो घाँटीमा पासो लगाईकोठाको सिलिङ्मा झुण्डिएर आत्महत्या गरेकी प्रभाको लास देखेर सबैमा कोलाहल मच्चियो भने बिमला अचेत हुन पुगि।सबै मिलेर उनलाई अर्कै कोठामा लगेर राखे। केहिले प्रहरीलाई फोन गरेर सुचना दिए। केहि छिनमै घटनास्थलमा प्रहरी आईपुगिसकेको थियो।प्रभाको कोठाको राम्ररी निरिक्षण गरेपश्चात उनिहरुले प्रभाको हस्ताक्षर सहितको पत्र प्राप्त गरे जसमा प्रभाले आफ्नो मृत्युको दोष कसैलाई पनि नजाने र आफुलाई जिवन देखि वितृष्णा जागि देह त्याग गरेको व्यहोरा उल्लेख गरेकी थिईन्।

    यो घटना पश्चात गाउँघरमा प्रभाले आत्महत्या गर्नुको कारणको बारेमा बिभिन्न अड्कलबाजीहरु हुन थालेको थियो। कोहि प्रेममा धोका भएकोले आत्महत्या गरेको हुन सक्छ भन्दै थिए भने कोहि नजिकै आईरहेको S.L.C. परीक्षाको प्रेसरले गर्दा हुन सक्ने आशंका गर्दै थिए तर कसलाई के थाहा प्रभा आफ्नो आमाले रोजेको पेशाबाट असन्तुष्ट भएर देहत्याग गरेकि थिइन् भनेर सिवाय बिमलालाई बाहेक।

    प्रभाले देहत्याग त गरिन् तर उनले बाबुको मृत्यु आफु ८ बर्षको हुदाँ भएको ,घरमा स साना नानीहरुको रेखदेख लगायात राम्रो बोर्डिङ्मा पढाएर ठुलो मान्छे बनाउने महत्वाकांक्षा बोकेको बिमलाले सम्पतीकोको नाममा त्यो एउटा सानो कच्ची घर बाहेक कुनै आम्दानीको स्रोत नहुदाँ समाजमा मान्यता नपाएको घृणित पेशा बाध्यताबश अंगालेको कुरालाई अत्मासाथ गर्न सकिनन भने बिमलाले विकल्पको रुपमा अरुनै कुनै पेशा रोजेको भए आज यस्तो कहालीलाग्दो दिनको सामना गर्नु पर्ने थिएन होला।

    आजकल प्रभाको स साना भाइ र बहिनी स्कुल जाँदैनन्। उनिहरु आमा बिमलासंगै मजदुरी गर्न जान्छन् ।
    — http://jocksbank.blogspot.com/2017/07/blog-post_18.html
    4 0 48 Death Read More
  • Karuna Gurung
    Posted Apr 8
    भारतमा क्‍वारेन्टाइनका नाममा मानिसहरूलाई एउटै कोठामा थुनेर राख्‍न थालिएपछि नेपाली मजदुर स्वदेश फर्किन थाले । सजिलै बाटो नपाएपछि कति महाकाली तरेरै देश छिरे त कति अझै देश छिर्न पाउने पर्खाइमा छन् ।

    २२ चैत्र २०७६ शनिबार दार्चुला
    लकडाउनका कारण नेपाल प्रवेश गर्ने सीमानाका बन्द भएसँगै बैतडी, डिलासैनी गाउँपालिका–१ गन्‍नाका इन्द्रसिंह खत्री खाना खर्च सकिएपछि १७ चैतमा उर्लिंदो महाकाली नदी पौडिएरै नेपाल प्रवेश गरे ।

    खत्री भारतको बागेश्वर जिल्लाको रिमबाट भोकभोकै ६ दिन पैदलै हिँडेर दार्चुला सदरमुकामपारि धार्चुला पुगे । धार्चुलाबाट दार्चुला प्रवेश गर्ने पुल नखुल्ने सम्भावना देखिएपछि सँगै रहेका साथीहरूले महाकाली तरेर नेपाल पस्‍ने सल्लाह गरे । त्यही अनुसार महाकालीको बहावलाई प्रवाह नगरी नेपाल पुगेकै बेला प्रहरीले समात्यो ।

    सँगै जाने अरु साथीहरूले खत्रीलाई समातेपछि महाकाली तर्ने आँट गरेनन् । पछि उनीहरू सुन्सेरा वा बलुवाकोटबाट महाकाली तरेर नेपाल प्रवेश गरे । खत्री भन्छन्, “पेटले खाना मागे पनि खल्तीमा सुको थिएन । भारतीय सुरक्षाकर्मीले गाड (नदी) बगरमा करिब तीन सय हाराहारीका हामीलाई भेँडाबाख्रा खाँदेजस्तो गरी राखेको थियो । सबैले जाऔँ भनेपछि म पौडेर आएँ ।” खोलामा पौडने क्रममा शरीरमा लगाएका कपडा पानीले बगाएको उनले सुनाए ।

    १२ वर्षदेखि भारतीय मालिकको खच्चड चराउँदै आएका खत्री गत कात्तिकमा बागेश्वर जिल्लाको रिम गएका थिए । “गाउँघरको किसानीले खान नपुग्‍ने हुँदा भारतमा कुल्ली मजदुरी नगरी गुजारै चल्दैन । भारतमा घरखर्चको जोहो गर्न गएको ५ महिना भए पनि रित्तै हात फर्केको छु । खेतीपाती लगाउने र भित्र्याउने बेला घरमा बस्ने र बाँकी समय बर्सेनि ज्याला मजदुरी गर्न भारतका विभिन्‍न ठाउँ चहार्दै आएका छौँ,” खत्री सुनाउँछन् ।

    मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि सीमामै काँटाकिला
    काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार

    घरमा काजबार (चाडपर्व) आए साहूबाट ऋण काडेर मनाउनुपर्ने स्थिति थियो । केही वर्षदेखि भारतको ज्याला मजदुरीले उक्त समस्या टरे पनि बालबच्चालाई शिक्षा दिन भने गाह्रो भइरहेको खत्रीको गुनासो छ ।

    बर्सेनि धार्चुला र रिम गुलावसिंह कुटियालका खच्चड ओहोरदोहोर गराउने उनी कोरोना त्रास फैलिन थालेपछि खच्चड एक साथीको जिम्मा छाडेर घर फर्कन धार्चुला आए । मालिकपत्नीले घरखर्चसमेत नदिएकाले महाकाली तरेर नेपाल जानुको विकल्प देखेनन् ।

    दार्चुला सदरमुकाममा रहेका ठूलाबडा मानिसको घरमा यसअघि काम गरेकाले खान बस्‍न पाइने आश थियो । नभए दुई/तीन दिन हिँडेरै घर पुगिने आशमा महाकाली तर्ने आँट थपिएको खत्री बताउँछन् ।

    बैतडी पुर्चौडी नगरपालिका–७ ऐरीगाउँका दमन ऐर तीन दिन पैदल हिँडेरै बोगेश्वर, थल, डिडीहाट हुँदै धार्चुला पुगे । धार्चुलाको महाकाली बगरमा तीन दिनसम्म भोकभोकै घाम, पानी, हावाहुरी सहेर बसे । राम्ररी सुत्‍न त परैको कुरा ।

    पेटभरि खान नपाएपछि महाकाली नगरपालिका–७ स्थित सुरकडाबाट महाकाली तरेको उनको दुखेसो छ । मजदुरी गरेर १७ जनाको समूहमा आएका उनीहरू सीमानाकाबाट ३ जना मात्र गत १९ चैतमा महाकालीमा पौडेर आएका थिए । “ऋण तिर्न र बालबच्चाहरूको पढाइ खर्च जुटाउन भारतमा मजदुरी गर्नुपर्छ । ७ वर्षदेखि यसरी नै घर खर्च बेहोर्दै आए पनि यसपालि कोरोना त्रासले सबै आउन थालेपछि हिँडेरै यहाँ पुगियो । स्वदेश छिर्न नपाएपछि जोखिम मोलेरै महाकाली पौडिएर नेपाल प्रवेश गर्‍यौँ,” दमन भन्छन् ।
    यो पनि पढ्नुस


    जहाँ पुगे, त्यहीँ थुनिए
    संक्रमणको त्रास त छँदै छ, त्यसमाथि लकडाउनले परिवार नै विच्छेद हुँदा सर्वसाधारण थप तनावमा

    बैतडी डिलासैनी गाउँपालिका–२ का लोकेन्द्र बोहरा पनि १९ चैत दिउँसो महाकालीमा पौडी खेलेर नेपाल प्रवेश गरे । बोहरा घरको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाअघि भारतमा मजदुरी गर्न पुगेका थिए ।

    केही समय मजदुरी गरेर घरपरिवारको जोहो जुटिरहेको समय कोरोना त्रासले सँगै रहेका साथीहरू घर फर्किन थाले । मजदुरी छाडेर भारतको दरबाट १५ जनाको समूहका आएका बोहरा तीन दिन पैदलै हिँडेर खलंगा पुगे । दुई दिनसम्म पनि नेपाल–भारत जोड्ने पुल नखुलेपछि महाकाली पौडिएर नेपाल आउन थाले । नेपाल प्रवेश गर्नेबित्तिकै सीमा क्षेत्रमा खटिएका प्रहरीले उनलाई समाते ।“उताको भीडभाडले भोक र रोगले मरिएलाजस्तो भयो । त्यसैले महाकाली पौडिएर भए पनि स्वदेशमै दु:ख–कष्ट सहेर बस्‍न मन लाग्यो,” बोहरा भन्छन् ।

    भारतमा नेपाली मजदुरलाई एउटै कोठामा २५/३० जना र ठूला हलहरूमा २ सय हाराहारी क्‍वारेन्टाइनमा राखिएको छ । यस्तो भीडले संक्रमण बढ्ने सम्भावना बढी भएकाले क्‍वारेन्टाइनमै बस्‍नुपरे स्वदेशमै बसौँला भनेर महाकाली तरेरै यहाँसम्म आइपुगिएको उनी सुनाउँछन् ।

    बैतडी पुर्चौडी नगरपालिका–८ मल्लादेहीका उत्तम बोहरा नेपालमा काम–माम नपाइने हुँदा बाध्यतावश मुग्लान पस्‍नु परेको बताउँछन् । भन्छन्, “वैशाखमा काटेको गहुँ असारलाई पुग्दैन, असोजमा भाँचेको मकै मंसिरलाई पुग्दैन । गाउँघरको खेती किसानीले दुई/तीन महिनालाई पनि खान नपुग्‍ने हुँदा भारतमा मजदुरीको विकल्प छैन । आफ्नो र घरपरिवारको खर्च जोहो गर्न वर्षौंदेखि भारतको मजदुरीले गुजारा चल्दै आएको छ ।”

    धार्चुलामा अलपत्र नेपालीहरू । मनोज बडु
    दसैँ–तिहार मनाएर दैनिक ज्यालादारीमा मजदुरी गर्न गत कात्तिकमा भारतको बागेश्वरी जिल्ला पुगेका बोहराको विशुु त्यार (नयाँ वर्ष) मनाउन घर आउने योजना थियो । कोरोना संक्रमण बढ्न थालेसँगै ठेकेदारले घर फर्किन भनेपछि उक्त ठाउँमा काम गर्ने सबै नेपाली तीन दिन पैदलै हिँडेर नेपाली सीमासम्म पुगे ।

    नेपालको सीमामा पुगेको १८ चैतमा चार दिन भएको थियो । खाना र थातबासको टुंगो थिएन । उनी सुनाउँछन्, “दार्चुला नाकाबाट नेपालीहरूलाई स्वदेश जान दिँदै छ भन्ने सुनेपछि भोक र निद्राको प्रवाह नगरी तीन दिनमा यहाँ आइपुगियो । घर नजिकै पुगेपछि झन् बिजोग भयो । संयुक्त परिवार भएकाले काम थोरै, खाने संख्या धेरै भए पनि ज्यालादारी नगरे चुलो बल्दैन ।”

    वर्षमा दुई खेती पाक्ने हुँदा खेतीपातीको काम नभएका बेला वर्षमा दुई/तीन पटकसम्म भारतमै मजदुरी गरेर परिवार पाल्दै आएको उनले सुना ।

    बैतडी पुर्चौडी नगरपालिका–७ ऐरीगाउँका देवबहादुर ऐर विशु त्यारको खर्च जोहो गर्न माघेसंक्रान्ति खाएर सडक निर्माणको काम गर्न बागेश्वर जिल्ला पुगेका थिए । “अहिले हामी १५ जना सीमा पुगेका छौँ । अझै अढाई सय जति बाटोमा अलपत्र अवस्थामा छन् । नैनीतालबाट पैदलै हिँडेर पिथौरागढ जिल्लाको पनारघाटमा अड्किएका छन्,” उनी भन्छन् ।

    कोही बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कन हिँडेर आइरहेको उनी बताउँछन् । साइट ठेकेदारले तीन महिनालाई काम बन्द हुने सूचना दिइसकेको छ । तीन महिनासम्म खानपिनको समस्या हुने भएपछि हिँडेरै स्वदेश फर्किनु परेको उनीहरूको भनाइ छ ।

    “ठेकेदारले घर जानू भनेपछि सबै कामदार सडक निर्माण स्थलबाट हिँडिसकेका छन् । तीन दिनको बाटोमा खान नपाएपछि सबैले बागेश्वर नजिकको चलीगाउँमा मागेको धान ओखलमा कुटेर भात पकाएर खानु पऱ्यो ।

    “दैनिक ज्यालादारीमा काम गर्नुपर्ने हुँदा ठेकेदारहरूले हिसाब नभएको भन्दै बाटो खर्च मात्र दिए । सबै खर्च बाटोमै सकियो । घरमा आमाबुबाले विशु मनाउन केही रुपैयाँ लिएर आन्छ भनेर सोचेका होलान् । आफू भने सबै खर्च सकिएर रित्तिएको अवस्थामा छौँ,” उनीहरू आफ्ना पीडा सुनाउँछन् ।
    मनोज बडु




    https://nepalmag.com.np/contemporary/2020/04/04/1585976442
    — https://nepalmag.com.np/contemporary/2020/04/04/1585976442?fbclid=IwAR1lPuQk4dLvkbccGAAE0Irb__nF8YKiT1403MkBtbRJKYtjBixLgBjWixE
    4 0 44 Life Read More